थबाङमा झडपपछि सम्पर्कविहीन भएका अझै भेटिएनन्

३०वैशाख,रोल्पा । रोल्पाको थबाङमा बिहीबार राति भएको झडपमा परी सम्पर्कविहीन भएका दुई जना अझै भेएिका छैनन्।

थबाङ गाउँपालिका–४ उवा टिकरीबाङमा झडपमा परी थबाङ गाउँपालिका– ४ तेलखोलाका २५ वर्षीय रमन घर्तीमगर र सोही ठाउँका २४ वर्षीय विस्तार घर्तीमगर सम्पर्कमा अझैसम्म नआएको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताएका छन् ।

मतदान केन्द्रको व्यवस्थापन गरे घर पर्कदै गरेका गंठबन्धनका कार्यक्रर्ता र माओवादी केन्द्रका कार्यकर्ताहरु बीच झडप भएपछि यी दुई जना सम्पर्कविहीन भएका थिए।

उनीहरु आफन्तको सम्पर्कमा पनि नरहेको र खोजीकार्य भइरहेको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताएका छ ।

प्रहरीले घटना संलग्न थबाङ– ४ तेलखोलाका साज्जन घर्ती र सोही ठाउँका बुद्धि रोकामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु माओवादी कार्यकर्ताहरु हुन्।

प्रकाशित मिति : २०७९ बैशाख ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस