तस्बिर : चन्द्र प्रभा मावि मिझिङ
२९वैशाख, सुलिचौर। रोल्पाको सुनिलस्मृती गाउँपालिका-३ मिझिङ स्थित चन्द्रप्रभा माध्यमिक विद्यालयमा किशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य प्रवर्द्धन र महिनावारी सरसफाई सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न भएको छ।
सुनिलस्मृति गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित कार्यक्रमको प्रमुख प्रशिक्षकका रूपमा स्वास्थ्य शाखा प्रमुख मोतीम आलमले प्रशिक्षण दिएका थिए। आलमले किशोरीहरूलाई यौन तथा प्रजनन स्वास्थ्यको आधारभूत ज्ञान, शारीरिक तथा मानसिक परिवर्तनका चरणहरू, सुरक्षित व्यवहार, महिनावारी व्यवस्थापन, स्वच्छता र पोषण सम्बन्धी प्रशिक्षण दिएका थिए।
कार्यक्रममा ५० जना विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।
प्रकाशित मिति : २०८२ बैशाख ३० गते मङ्गलवार


