सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

२ जेठ , काठमाडौं । सरकारले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेको छ ।
सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेकी हुन् । नीति तथा कार्यक्रममा सरकारले देशलाई कोरोना भाइरस महामारीमुक्त बनाउने विषयलाई पहिलो प्राथमिकतामा राखेको छ ।त्यसका लागि सरकारले स्वास्थ्य सजगताका व्यवस्थाहरुको पूर्ण पालना गर्नेरगराउने, नमुना परीक्षण बढाउनुको साथै औषधी उपकरण र चिकित्सक लगायत स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था र परिचालन गरि कसैको पनि ज्यान जाने अवस्था आउन नदिन दृढतापूर्वक लाग्ने जनाएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले गुणस्तरीय स्वास्थ्य शिक्षा, खानेपानी तथा सरसफाई सेवामा सबै नेपालीको पहुँच हुनेगरी व्यवस्था गर्ने, शिक्षा तथा स्वास्थ्य सेवामा सरकारको भूमिकालाई थप प्रवल बनाउँदै निजी क्षेत्रलाई लगानी वृद्धिका लागि उत्प्रेरित गरिने पनि बताइन् ।

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

प्रकाशित मिति : २०७७ जेष्ठ २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस