सत्य पथ

सुन्दर संसार,
कावा खादै आँकाशमा।
नियाल्दै झुपड बस्ती
म यात्री,यात्रामा
निर्भीक हिडिरहने छु।
रोक्नर ?
किमार्थ,कुनै तागत हुनेछैन।

त्यो आडम्बर ?
भुसको पहाड हो।
सबै सबै प्रलोभन ?
बाजि मार्ने खेल हो।
माखे साङ्लो ?
शक्तिको बलमा कस्दै जाउ
म यात्री,यात्रामा
निर्भीक हिडिरहने छु।

मलाई बिश्वास छ
म निस्ठामा छु
म आस्थमा छु
छु म सधै,
संसार जित्ने यात्रामा छु
तिमी कागलाई हाँस भनेर
मेरो यात्रामा भ्रम न छर
म यात्री यात्रामा
निर्भीक हिडिरहने छु।

प्रकाशित मिति : २०७८ जेष्ठ २ गते आइतवार
प्रतिक्रिया दिनुहोस