४जेठ,काठमाडाैँ । एन्ड्रिया मेजाले ‘मिस यूनिभर्स २०२० ‘मिस यूनिभर्स २०२०’ जितेकी छन्। उनी मेक्सिकोकी हुन्।
फ्लोरिडास्थित सेमिनोल हार्डरक होटल एन्ड क्यासिनो हलमा आयोजना भएको कार्यक्रममा पूर्व मिस यूनिभर्स जोजिबिनी टुन्जीले उनलाई ताज लगाइदिइन्।
यस्तै फर्स्ट रनर अप ब्राजिलकी जुलिया गामा र पेरुकी ज्यानिक मासेटा सेकेन्ड रनरअप भएकी छिन्।
प्रतियोगितामा विश्वका ७४ देशका सुन्दरीहरुले भाग लिएका थिए। प्रतियोगितामा नेपालकी अनिष्का शर्माले पनि भाग लिएकी थिइन्।
प्रकाशित मिति : २०७८ जेष्ठ ४ गते मङ्गलवार


