अक्सिजन सिलिन्डर रोल्पा आउँदै

फाइल फाेटाे

६जेठ, रोल्पा । रोल्पाबाट खाली सिलिन्डर भर्नको लागि पठाइएको १७ वटा सिलिण्डर जिल्लामा आउने भएको छ । १७ वटा सिलिन्डर भरेर नेपालगञ्जबाट गाडी रोल्पा हिडिसकेको सामाजिक अभियानकर्ता मानसिंह विकले बताए ।

नेपाल पत्रकार महासंघ रोल्पाका निवर्तमान अध्यक्ष विक र उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बालकृष्ण सुवेदीले जिल्लामा भएको खाली सिलिण्डर संकलन गरी १७ वटा सिलिण्डर भर्नका लागि बुधबार नेपागञ्ज पठाइएको थियो । अहिले सिलिन्डर भरेर गाडी रोल्पा हिडिसकेकोे विकको भनाई छ ।

जिल्लामा कोरोना भाइरस संक्रमित बढेसँगै अक्सिजनको आवश्यकता पनि बढेको छ । अक्सिजनको समस्या हुँदै आएपछि अभियानकर्मी द्वय विक र सुवेदीको पहलमा अक्सिजनका खाली सिलिन्डर भर्नको लागि नेपागञ्ज पठाइएको थियो ।

प्रकाशित मिति : २०७८ जेष्ठ ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस