राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा रिट

७जेठ, काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा रिट पुगेको छ । प्रधानमन्त्री केपी शर्मा आलीले पदबाट राजीनामा नदिइ राष्ट्रपति विद्या देवी भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेको भन्दै सर्वोच्च अदालतमा रिट पुगेको हो ।

अधिवक्ताहरू सुजन नेपाल, सन्तोष भण्डारी, नवराज पाण्डे र प्रकृति खड्काले संयुक्तरूपमा रिट लिएर सर्वोच्च अदालत पुगेका हुन्। उनीहरूले संविधानको धारा ७६ (३) को प्रधानमन्त्रीले विश्वासको मत नलिइ वा राजीनामा नदिइ अनुरोध गरेकै भरमा नयाँ सरकार गठनको आह्वान गर्नु गैरसंवैधानिक भएको जिकिर गरेका छन् ।

त्यस्तै राष्ट्रपति भण्डारीले २१ घण्टाको समय दिएर प्राकृतिक न्यायको सिद्धान्त विपरीत भएको पनि दाबी गरेका छन् । उनीहरूले रिटमा कोरोना महामारीका कारण प्रतिकुल समय भएको र २१ घण्टे समयावधि अपुग हुने उनीहरूको भनाइ छ।

प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस