७जेठ,काठमाडौँ । नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन्।
उनले आफ्नै दलको सरकार ढालेर विपक्षीलाई सत्तामा लैजाने प्रस्तावमा हस्ताक्षर गर्न राजनीतिक रुपमा अनुचित हुने भन्दै उक्त प्रस्तावमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन्।
याे पनि पढ्नुहाेस् :
प्रधानमन्त्रीमा दावी पेश गर्न देउवा शीतलनिवासमा
देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्नुअघि नै प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालयमा
प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार


