विश्व कीर्तिमानी हरि बुढामगरलाई सरकारले एयरपोर्टमै सम्मान गर्नुपर्ने सांसद घर्ती माग

७ जेठ, रोल्पा । प्रतिनिधिसभा सांसद ईश्वरी घर्तीले सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका रोल्पाका हरिबहादुर बुढामगरलाई सरकारले एयरपोर्टमै पुगेर सम्मान गर्नुपर्ने माग गरेकी छन्।

आइतबार बसेकाे प्रतिनिधिसभा बैठककाे शून्य समयमा बाेल्दै रोल्पाली सांसद घर्तीले बुढामगरलाई एयरपोर्टमै पुगेर स्वागत र विशेष सम्मान गर्नुपर्ने बताएकी हुन्।

रोल्पाका हरिबहादुर बुढामगरले’घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन भई सगरमाथाको चुचुरो चुम्ने पहिलो व्यक्तिको रुपमा विश्व रेकर्डसमेत कायम गरेका छन्। उनले जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको चुचुरो पाइला टेकेका हुन् ।

सांसद घर्तीले विश्व कीर्तिमान कायम गरेका रोल्पाका हरिबहादुर बुढामगर बधाई ज्ञापन गर्दै सरकारलाई एअरपोर्टमै पुगेर स्वागत र विशेष सम्मान गर्नुपर्ने माग गरेकी छन् ।

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस