संघीय संसदमा संविधान संशोधन प्रस्ताव दर्ता

९ जेठ,काठमाडौं। सरकारले संघीय संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको हो ।
नेपालको निशान छापमा मन्त्रिपरिषदले स्वीकृत गरेको पछिल्लो नक्साअनुरूप कायम गर्नका लागि संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको हो । कानुन, न्याय तथा संसदीय मामिला शिवमाया तुम्बाहम्फे नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदको दुवै सदनमा प्रस्तुत गर्ने विषयमा संघीय संसद सचिवालयलाई पत्र लेखेर जानकारी गराएकी हुन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको अनुसूची ३ लाई संशोधन गर्ने निर्णय गरेको हो । अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र रहेको नक्सालाई वास्तविक सीमा अनुसार मिलाउन संविधान संशोधन गर्ने निर्णय भएको सरकरका प्रवक्ता डा. युवराज खतिवडाले मन्त्रिपरिषद् बैठकपछि आयोजित पत्रकार सम्मलेनमा बताएका थिए ।

प्रकाशित मिति : २०७७ जेष्ठ ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस