
रोल्पामा फेरी पनि ठूलो मात्रामा विस्फोटक पदार्थ फेला परेको छ । जिल्लाको त्रिवेणी गाउँपालिका २ रामपुर गाउँको सामुदायीक वनको नजिकै बासघारीमा एक हजारभन्दा बढी विस्फोटक पदार्थ प्रहरीले शनिवार फेला पारेको छ । गोप्य सूचनाका आधारमा तिनै तहका सुरक्षा निकायले विस्फोटक पदार्थ फेला पारेको प्रहरीले बताएको छ । उक्त विस्फोटक पदार्थ कहाँबाट, कसरी आयो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीका अनुसार युद्धकालीन हतियार नभई नयाँ भएको हुनसक्ने सामान्य अनुमान गरेको छ । तर, ठोस तथ्य अनुसन्धानपछि मात्रै खुल्ने छ ।
रोल्पामा वर्सेनी घना जंगल, पहरा, विभिन्न मानिसका गोठमा समेत विस्फोटक पदार्थ फेला पर्दै आएका छन् । यसअघि पनि मिरुल जंगलमा पनि ठुलो परिमाणमा विस्फोटक पदार्थ भेटिएको थियो । कुरेलीको एउटा गोठमा पनि ठुलो संख्यामा विस्फोटक पदार्थ भेटिएको थियो । भने, गतवर्ष बेवारीसे विस्फोटक पदार्थ विस्फोट हुँदा त्रिवेणी गाउँपालिकाका ७ का ४ जना बालबालिकाले ज्यान गुमाएका थिए । यसअघि पनि वर्सेनी विस्फोटक पदार्थ भेटिई नै रहेका छन् ।
विस्फोटक पदार्थ कहाँबाट र कसरी आउँछन् भन्ने बारेमा भने, हाम्रो अनुसन्धानले खासै केही पनि पुष्टि गर्न सकेको छैन् । सामान्य हिसावमा युद्धकालीन विस्फोटक पदार्थ भनिएपनि कुन बेलामा कस्ले राखेको भन्ने बारेमा कुनै पत्ता लाग्न सकेको छैन् । विस्फोटक पदार्थ फेला परेपछि गोप्य सूचनाका आधारमा फेला पारौं भनिएको हुन्छ । तर, विस्फोटक पदार्थ फेलापारी सकेपछि गहिरो अनुसन्धान गरी सत्य तथ्य उजागर गर्ने सम्बन्धित निकायको काम पनि हो । तर, विस्फोटक पदार्थ आफ्नो कब्जामा लिइसकेपछि दायीत्व सकिएको जस्तो गर्ने प्रवृति रहेको छ ।
खास गरी गहिरो अनुसन्धान गरी ति विस्फोटक पदार्थ कहाँबाट र कसरी आए भन्ने बारेमा जनतालाई जागरुक गराई सम्भावित दुर्घटनाबाट बचाउन आवश्यक छ । ति कुराको चेतना नहुँदा गतवर्ष आधाभुत तहमा अध्ययन गर्दै आएका ४ जना बालबालिकाले अकालमै ज्यान गुमाए । यि कुरालाई मध्यनजर गरी जनतालाई सचेत गराउन तर्फ सबैले ध्यान दिऔं । यअघि भेटिएका विस्फोटक पदार्थको गहिरो अनुसन्धान गरी समयमा जनतालाई चेतना दिइएको भए यस्ता दुर्घटनाबाट बालबालिकाले ज्यान गुमाउनु पर्ने थिएन ।
यसरी जंगल, पहरा, गोठमा बेवारीसे विस्फोटक पदार्थ भेटिइदा स्थानीय तर्सित हुने गरेका छन् । विस्फोटक पदार्थ भेटिइएको ठाउँको गहिरो अनुसन्धान र सम्भावित विस्फोटक पदार्थ जोखिम रहेको ठाउँको समेत पहिचान हुन आवश्यक छ । रोल्पामा युद्धकालीन विस्फोटक पदार्थ बेला बेलामा भेटिँदै आएका छन् । त्यसैले जनतामा सचेत गराउन तर्फ सबैको ध्यान पुग्न आवश्यक छ ।