
१३ जेठ, काठमाडौं । कर्णालाी प्रदेश सरकारले रुकुम पश्चिमको चौरजहारी घटनाका पीडित परिवारलाई राहत दिने भएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दलित युवासहितको मृत्यु भएको घटनाप्रति दुःखव्यक्त गर्दै परिवारलाई उचित राहत दिने बताएका हुन् ।
मुख्यमन्त्री शाहीले घटनाको छानबिन गर्न गृहमन्त्रालयले समिति गठन गरिसकेको जानकारी गराउँदै प्रदेश सरकारको तर्फबाट समेत छानबिन गरी दोषिमाथि कारबाही गर्न निर्देशन दिइसकेको बताए ।
प्रकाशित मिति : २०७७ जेष्ठ १३ गते मङ्गलवार