नेपाल बार एसोसिएसन रोल्पाको अध्यक्षमा पोखरेल र सचिवमा गिरी

१२जेठ, रोल्पा । नेपाल बार एसोसिएसन रोल्पा इकाईको अध्यक्षमा श्रीमनकुमार पोखरेल र सचिवमा कर्णबहादुर गिरी निर्विरोध चयन भएका छन् ।

शुक्रबार लिबाङमा सम्पन्न ८ औँ जिल्ला अधिवेशनले पोखरेलको अध्यक्षतामा नयाँ कार्य समितिका पदाधिकारीहरू निर्विरोध चयन गरेको छ ।

उपाध्यक्षमा दामोदरप्रसाद सुवेदी कोषाध्यक्षमा बालकृष्ण आचार्य चयन भएका छन् । सदस्यहरूमा तुलसीराम जि.सी., टेकमप्रसाद घर्ती र चन्द्रज्योती सेन ठकुरी चयन भएका हुन् ।

बार एसोसिएसनको लिबाङमा सम्पन्न ८ औँ जिल्ला अधिवेशनमा जिल्लामा कार्यरत कानुन व्यवसायीहरूको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस