१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १ खर्ब ७१ अर्ब ७१ करोड बजेट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि विनियोजन गरेको छ । गत वर्षको भन्दा ८ अर्ब बढी हो । आलु आर्थिक वर्षका लागि शिक्षामा १ खर्ब ६३ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो ।अर्थ मन्त्री डा.युवराज खतिवडाले आर्थिक वर्ष २०७७÷०७८ अनुमानित आयव्याय प्रस्तुत गर्दै कोरोना भाइरसका कारण विद्यार्थीमा परेको मनोसमाजिक असर निवारण गर्न सकारात्मक सोचसहित सिर्जनशीलता विकासका क्रियाकलाप सञ्चालिन गरिने जानकारी दिए ।
देशभर १हजास८सय विद्यालय भवन बन्ने
सरकारले यो वर्ष १ हजार ८सय विद्यालय भवन तथा ३८ आंगिक क्याम्पस भवन, २ हजार ५२० कक्षा कोठा स्थापना गर्न रकमको व्यवस्था गरिएको अर्थमनत्रीले जानकारी दिए ।
४६ लाख छात्रछात्राका लागि आवश्यक पाठ्यपुस्तकका लागि २ अर्ब ७६ करोड रुपैयाँ विनियोजन गरिएको छ । ४३ जिल्लामा लागू भएको दिवा खाजा कार्यक्रम ७७ वटै जिल्लामा बिस्तार गरिने भएको छ ।
शिक्षा क्षेत्रलाई १ खर्ब ७२ करोड, ७७ वटै जिल्लामा दिवा खाजा कार्यक्रम
प्रकाशित मिति : २०७७ जेष्ठ १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस