१५ जेठ, काठमाडौँ। सरकारले देशभरका ७७ जिल्लाका सबै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्न ८ अर्ब ७३ करोड विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेले आगमी वर्षका बजेट सार्वजनिक गर्दै सामुदायिक विद्यालयका विद्यार्थीहरुको पोषणस्तर सुधार ल्याउन र विद्यार्थीहरुलाई विद्यालयमा टिकाइ राख्न सो रकम विनियोजन गरेको बताए ।
प्रकाशित मिति : २०७८ जेष्ठ १५ गते शनिवार


