निःशुल्क स्यानिटरी प्याड वितरणका लागि ४ अर्ब ७९ करोड रुपैयाँ विनियोजन

१५ जेठ, काठमाडौँ । सरकारले देशभरका विद्यालयहरुमा अध्यनरत छात्राहरुलाई निःशुल्क रुपमा स्यानिटरी प्याड वितरणका लागि ४ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

शनिवार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै छात्राहरुलाई स्यानिटरी प्याड वितरणका लागि उक्त रकम विनियोजन गरेको जनाएका हुन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस