अमेरिकाको २५ शरहमा कर्फ्यू

१८जेठ,काठमाडौं । प्रहरीका कारण एक अश्वेत व्यक्तिको मृत्यु भएपछि मिनेशोटाबाट सुरू भएको आन्दोलन हिंसात्मक बन्दै गएपछि अमेरिकाका २५ शहरमा कर्फ्यू जारी गरिएको छ ।
जर्ज फ्लोइडको प्रहरीको यातनाले नै मृत्यु भएको आरोपपछि मिनेशोटामा प्रदर्शनले हिंसात्मक रुप लिएपछि बिभिन्न २५ शहरमा कर्फ्यू जारी गरिएको सिएनएनले जनाएको छ ।
ब्यापक मात्रा प्रहरी परिचालन गरिए पनि प्रदर्शनकारीहरूले आगजनी, ढुंगामुडा र तोडफोड नरोकेपछि मिनियापोलस, एट्लान्टा, लस एन्जलस, फिलाडेलफिया, पोर्टल्याण्ड, लुइसभिलासहितका शहरमा कर्फ्यू जारी भएको हो ।एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २०७७ जेष्ठ १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस