
२५जेठ, रोल्पा । रोल्पामा पछिाल्लो २४ घण्टामा १२७ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै रोल्पामा सक्रिय कोरोना संक्रमितको संख्या ८६१ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा नै १४० जना कोरोना संक्रमित निको भएका छन् ।
रोल्पामा कोरोनाको दोस्रो लहरमा १७ जनाले ज्यान गुमाइसकेका छन् ।
प्रकाशित मिति : २०७८ जेष्ठ २५ गते मङ्गलवार