कालिकोट दुर्घटनाः२२ जनाको सकुशल उद्धार, ६ जना अझै बेपत्ता

२८ जेठ,काठमाडौँ । कालिकोटको लालीघाटमा भएको टिपर दुर्घटनामा २२ जनाको सकुशल उद्धार गरिएको छ । बुधबार बिहान ३९ जना सवार रहेको ना ८ ख ५१३३ को टिपर कर्णाली नदीमा खसेर दुर्घटना भएको हो ।
उक्त घटनामा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले बताए छ । प्रहरीका अनुसार ९ जना घाइतेको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल कालिकोट पठाइएको छ भने ६ जना अझै बेपत्ता रहेका छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस