रोल्पा नगरपालि वडा नम्बर४द्वारा कृषकलाई बोका वितरण

२८ जेठ,रोल्पा । रोल्पा नगरपालिका वडा नम्बर ४ लिबाङले कृषकलाई बयोरबोका वितरण गरेको छ। उन्नत कृषि र पशुपालनबाट वडाबासिकाे आर्थिक समृद्धि गराउने उदेश्य स्वरुप बाइगाउ कृषक समूहलाइ ७५ प्रतिशतकाे बयर बाेका प्रदान गरिएको हो । वडा अध्यक्ष नविन आचार्यले कृषक समुहलाइ हस्तान्तरण गरेका हुन । हस्तान्तरण कार्यमा वडा सदस्य हरिजंग गुरुङ , वडा सचिव धर्मराज डाँगी कृषक समूहका अध्यक्ष अाेपिन्द्र गुरुङ , यामबहादुर गुरुङ लगायतकाे सहभागिता रहेको थियोे । करिब ७० हजारकाे बराबरको उक्त बोकाको ४५ हजार वडा कार्यालयले र बाँकी कृषक समूहले खर्च ब्यहाेर्ने दुई पक्षिय सम्झौता भएको वडा अध्यक्ष आचार्यले बताएका छन्।

प्रकाशित मिति : २०७७ जेष्ठ २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस