
२७जेठ,रोल्पा । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सुनछहरी- ४, स्यूरी रोल्पाको बृहत् अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ । भेलामा विद्यालयक प्रधानाध्यापक राजकुमा, रानामगरले वार्षिक प्रगति तथा कार्ययोजना प्रस्तुत गरेका थिए भने लेखापाल मनकुमारी घर्तीमगरले विद्यालयको आम्दानी तथा खर्च प्रस्तुत गरेका थिए ।
भेलामा शैक्षिक सत्र २०७९ सालमा यस विद्यालयमा अध्यापन गराउने शिक्षक शिक्षिकाहरू मध्यबाट शिक्षक जोगबहादुर घर्तीमगर उत्कृष्ट भएका छन् गाउँ शिक्षा समितिको मापदन्ड अनुसार अरू शिक्षक भन्दा बढी अंक लिएर उनी उत्कृष्ट भएको विद्यालय प्रसाशनले जनाएको छ ।
कार्यक्रममा वडा अध्यक्ष हर्कराम बुढामगर, निवर्तमान वडा अध्यक्ष खद्क बहादुर घर्ती, पत्रकार हर्क घर्तीमगर, नेपाली काङ्ग्रेसका वडा सभापति लाल बहादुर परियार,नौमुले टोल बिकास संस्थाका अध्यक्ष कुले घर्तीमगर, महिला स्वास्थ्य स्वयमसेविका सिता पुनमगर लगायतले अभिभावक भेलाको ओैचित्य र शिक्षामा गणस्तर वृद्धीको विषयमा मन्तव्य राखेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रण बहादुर घर्तीमगरले केही रणनीतिक महत्वपुका विषयहरू भेलाबाट अनुमोदन गरि निर्णयहरू गराएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर घर्तीको अध्यक्षतामा भएको भेलामा सुनछहरी गाउँपालिका ४ नं. वडा स्यूरीका अध्यक्ष हर्कराम बुढामगर प्रमुख आतिथ्यता रहेको थियो, भने निवर्तमान वडा अध्यक्ष एवं गउँ शिक्षा समितिका सदस्य खद्क बहादुर घर्तीमगर, वडा सदस्यहरू जग बहादु विक, निशा विक वडा सचिव खड्गबहादुर गाहा, राजनैतिक दलका प्रतिनिधिहरू, टोल विकास संस्थाका अध्यक्षहरू महिला स्वास्थ्य स्वयमसेविका, महिला आमा समूह लगायतको आतिथ्य रहेको थियो ।