गजल

म झुपडीको खुसी खोज्ने अभियानमा छु, महासय तिम्रो दरवारसँग सहमत छैन।।

माफ गर तिम्रो विचारसँग सहमत छैन
जित्नै पर्छ तिमिले हारसँग सहमत छैन ।।

म झुपडीको खुसी खोज्ने अभियानमा छु
महासय तिम्रो दरवारसँग सहमत छैन।।

तिमिलाई ओठमा लालि, आखाँमा गाजल खुबै सुहाउछ
अहँ ति दुई विनाको श्रङ्गारसँग सहमत छैन ।।

भगवान तैले एकपटक पनि मेरी आमालाई नसोधेर
भाग्य लेखिदिइस त्यसैले निधारसँग सहमत छैन।।

फरक विचार, फरक मत राखेकै आधारमा
नागरिकलाई सजाए दिन बालुवाटारसँग सहम छैन।।

प्रकाशित मिति : २०७७ जेष्ठ २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस