
२९ जेठ, काठमाडौं । एसईई परिक्षा खोरेज भएपनि विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डले नै प्रमाणपत्र दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ का कारण यो वर्ष एसईई परीक्षा नलिने निर्णय गरेसँगै मन्त्री पोखरेलले यस्तो जानकारी दिएका हुन ।
परीक्षा खारेज भए पनि विद्यालयद्वारा गरिएको आन्तरिक मूल्यांकनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको छ’, पोखरेल भन्छन्, ‘यससम्बन्धी थप विवरण सम्बन्धित निकायहरूले उचित समयमा उपलब्ध गराउने छन् ।
२०७६ चैत ६ गतेदेखि सञ्चालन हुने गरी प्रकाशित परीक्षा ५ चैतमा स्थगन गरिएको थियो । देशभरी ४ लाख ८२ हजार २१९ विद्यार्थीले एसईईको तयारी गरेका थिए ।
प्रकाशित मिति : २०७७ जेष्ठ २९ गते बिहिवार