थबाङ गाउँपालिकाद्धारा ५ नं वडाका स्थानीयलाई राहत वितरण

३०जेठ,रोल्पा । विश्व कोरोना संक्रमणबाट समास्यामा परेका गरिव, जेहेन्दार, अपाङ्ग, आफ्ना नागरिकलाई थबाङ गाउँपालिकाले राहात वितरण कार्य सुरु गरेको छ ।
थबाङ गाउँपालिका वडा नं ५ ठूलोगाउँ उवाले शुत्रबारबाट आफ्नो वडामा रहेका नागरीकहरुलाई राहात सामग्री वितरण मापदण्ड अनुसार २३ घर परिवारलाई खाद्यान्न वितरण गरिएको थबाङ गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष गोवद्धन घर्ती मगरले बताएका छन् । हामी वडाका वडा सदस्य, कर्मचारी, प्रहरी, स्वास्थ्यकर्मी, युवाहरुको समूह सबै मिलेर नागरीकलाई राहात सामग्री वितरण मापदण्ड अनुसार खाद्यान्न वितरण गरेका छाँै वडा अध्यक्ष घर्तीले भने । परिवार सख्याको आधारमा एक देखी दुई जनाको परिवारलाई प्रति परिवार २१ किलो चामल, ४ किलो दाल, १ लिटर तेल र १ किलो नुनका दरले वितरण गरिएको वडा वडा कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस