प्रेम र सपना

तिम्रै नीम्ति स्वागत कुरिरहेको आँगन र फूल
अचेल मौनताको खोल ओढिरहेछ।

सम्बन्धले प्रेम विरुद्धको गीत गार्इरहदा
तिम्रो मस्तिष्कले बजाइरहन्छ शान्तिको ढोल।

मोबाइलको डिस्प्लेबाट तिम्रो तस्बिर हटाए
ढलमा फोहोर फालेझैँ फालिदिए ग्यालरीबाट तस्बिर
थिचिदिए डिलिटमा तिम्रो नम्बर
तर स्वर्णिम भएन तिमीले दाग लगाएर हिडेको मुटु।

फौजीले पृथक–पृथक जमिन इशारा दिए झैँ
दियो समयले खतरानाक अनुरागि इशारा
जहाँ भुइचालो आयो जिन्दगीमा
र तहसनहस बनायो प्रेमको अग्लो गृह
मात्र उभाईदियाे सम्झनाको नक्कली प्रमाण।

मैले देखिरहेछु मधेसबाट
हिमाल आरोहण गर्दै गरेको प्रेमको सपना
जन्माएछु ओछ्यानमा पल्टेर जँघार तरेको सपना
यसरी पृथक–पृथक सपना देख्दै
निकालिरहेछु अन्तरीक्ष सम्मको यात्रा–जिन्दगीको।

तिमी देखिरहनु भविष्यका तेजिला सपनाहरु
बस् म असफलको मृत्यु कुरिरहेको छु।

सुनछहरी गाउँपालिका-६ रोल्पा

प्रकाशित मिति : २०७८ जेष्ठ २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस