१
यो जुनि सक्कि सक्दा पनि सजिलो काम नपाएको
म त्यही मजदुर हु प्रिया,जिन्दगीभर आराम नपाएको
तिम्रो त धन छ र साथी भाइ छन,आफन्त छन,सबै छन।
म त एक फकिर न परे मर्ने बेला पनि मलाम नपाएको
एक म छु, जिन्दगीभर चोटै चोट खाई सर्वस्व गुमाएको
एक तिमी हौ, हजारौं लाई धोका दिएर ईनाम नपाएको
तिम्रो त जिन्दगीले सयलको महलमा आराम गरेको छ,
यहि जिन्दगीले हो मैसाब बाचुन्जेल विश्राम नपाएको
मालिक साहेब बर्सौ भयो हजुरको घरमा नोकर बसेको
एकचोटि सोची बक्स्योस कति भोरु मैले दाम नपाएको
२
जागिसक्यो मनमा भय भन म के गरु
र भैसक्यो मृत्युको तय भन म के गरु
पहिले पैसा कमाई आउ भन्छौ तिमी
बाच्ने दुईदिन छ समय भन म के गरु
तिमी आउने मुल बाटो हेर्दा हेर्दै प्रिया
यी एकजोर आँखा गए भन म के गरु
बरु हतियारले काटेको भए सहन्थे म
बचनले पो रेट्यौ हृदय भन म के गरु
तिम्रो लागि मुटु धरौटिमा राख्दा पनि
जिन्दगी सोच्यौ अभिनय भन म के गरु
३
मान्छेलाई जिउन कुनै न कुनै त कला चाहिन्छ।
जस्तो घरलाई पनि अडिग रहन तला चाहिन्छ।
तिमिले न आफ्नो बनायौ, न त अरुको हुन दियौ।
यार फुललाई पनि कि जमिन कि गमला चाहिन्छ।
तिमी उसलाई सबथोक ठान्छौ, अरु चाहिन्न भन्छौ।
हेर तरकारीलाई पनि नुन चाहिन्छ,मसला चाहिन्छ।
तिमी भन्छौ,मायाले संसार अडिन्छ,बिश्वास चाहिन्न।
अरे तिलहरी अडिन पोते,अडिन समेत गला चाहिन्छ।
तिम्रो बन्न सकिन,अब मेरै यादमा जिवन बिताउ नभन
अब आउने को लागि पनि त बाकी शृङ्खला चाहिन्छ।।


