रेडक्रसद्वारा स्वास्थ्य सामग्री वितरण

१ असार, रोल्पा । नेपाल रेडक्रस सोसाइटी पोबाङ उपशाखा रोल्पाको आयोजना तथा सुनछहरी गाउँपालिकाको आर्थिक सहयोगमा संचालन गरिएको कोरोना भाइरस सम्बन्धि सचेतना मुलक प्रचार प्रसार एवंम स्वास्थ्य सामग्री वितरण कार्यक्रम सुनछहरी गाउँपालिकाको सबै वडाहरुमा सम्पन्न भएको छ ।

गाउँपालीकाको प्रत्येक वडा कार्यालय र स्वास्थ्य चौकीमा पुगि मास्क, सेनिटाइजर लगायत पोस्टरहरु वितरण गरिएको नेपाल रेडक्रस सोसाइटि उपशाखा पोबाङ सभापति खिमबहादुर बिष्टले जानकारी दिए।

साथै यस मानव सेवाको अभियानको क्रममा कथिन परिस्थितिको सामना गर्दै आफ्नो ज्यानलाई समेत जोखिम पार्दै अभियानमा प्रत्यक्षय रुपमा सहयोग गर्ने उपशाखाका पदाधिकारी तथा स्वयंसेवक टिम ,जु.रे.स./यु.रे.स.का टिम तथा प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग गर्ने सहयोगहरुलाई सभापति बिष्टले धन्यबाद तथा आभार व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०७८ असार १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस