सिन्धुपाल्चोकको बाढीमा ७ चिनियाँ नागरिक बेपत्ता

२असार,काठमाडौँ । मेलम्ची परियोजनामा काम गर्ने सात जना चिनियाँ प्राविधिक बेपत्ता भएका छन्।

परियोजनामा कार्यरत सात चिनियाँ नागरिक हालसम्म सम्पर्कविहिन रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

मेलम्ची नदीमा आएको भीषण बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु–मेलम्ची क्षेत्रका कैयौँ मानिसहरू बेपत्ता भएका छन् भने अहिलेसम्म सात जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : २०७८ असार २ गते बुधवार
प्रतिक्रिया दिनुहोस