गण्डकीका मुख्यमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

फाइल फाेटाे

२असार,पोखरा । गण्डकी प्रदेश सरकारले विश्वासको मत लिने तयारी थालेको छ।

विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालयमा सूचना दर्ता भई सकेको छ।

आगामी आर्थिक वर्षको लागि हिजै बजेट ल्याएको सरकारले विश्वासको मत लिएपछि मात्रै बजेटमाथि छलफल चलाउने भएको छ।

संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

प्रकाशित मिति : २०७८ असार २ गते बुधवार
प्रतिक्रिया दिनुहोस