लुम्बिनी प्रदेश सरकारले घरेलु मदिराको ब्राण्डिङ गर्ने

१असार, दाङ। लुम्बिनी प्रदेश सरकारले घरेलु उत्पादनको मदिरा प्रवर्द्धन गर्न बजेट व्यवस्था गरेको छ ।

लुम्बिनी प्रदेशको आव २०८०/८१ को बजेटमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले यसको लागि १२ करोड रकम व्यवस्थापन गरेको जनाएका छन् ।

शुक्रबार आर्थिक मामिलामन्त्री मास्कीले पनि स्थानीयस्तरमा विभिन्न वस्तुबाट उत्पादन हुने मदिरालाई ब्राण्डिङ बनाएर आन्तरिक उत्पादन बढाउने, बजारीकरण गर्ने र रोजगारीको व्यवस्थापन हुने जनाएका छन् ।

१२ जिल्ला रहेको लुम्बिनीमा कोदो, मौवालगायत विभिन्न स्थानीय वस्तुबाट मदिरा उत्पादन गर्ने योजना रहेको जनाइएको छ ।

प्रकाशित मिति : २०८० असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस