आज असार ४ गते शुत्रबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस्

मेष
आज छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ ।

वृष
आज राजनैतिक कार्यमा र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

मिथुन
रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कर्कट
नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । आर्थिक कारोबारमा सफलता पाइएला ।

सिंह
महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शत्रु पराजित हुनेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

कन्या
आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मनमा दुबिधा उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ । सरकारी निकायको भय रहनेछ ।

तुला
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख मिल्नसक्छ ।

वृश्चिक
ठीक समयमा सही निर्णय लिन सकिनेछ । कलासाहित्यमा रुचि बढ्नेछ । घरजग्गाको कारोबारमा सफलता मिल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

धनु
आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साथीभाइसँग समय बित्नेछ ।

मकर
आज यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भय छ, सचेत रहनुहोला ।

कुम्भ
शुभकार्यको चर्चा चल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । सन्तान सुख मिल्नेछ ।

मीन
आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । समाजसेवामा मन लाग्ला । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शिक्षामा सफलता मिल्नेछ ।

प्रकाशित मिति : २०७८ असार ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस