थप ३४ जना कोरोना संक्रमितको मृत्यु

५असार,काठमाडौँ । नेपालमा थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ८ हजार ६७५ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ असार ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस