७असार,काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा थप ५३ हजार ९ जनामा संक्रमण भएको छ ।

भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार १४औँ दिन हो ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९९ लाख ३४ हजार ३६१ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ७ लाख ९ हजार ६६८ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन १ हजार ११३ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ८८ हजार १६४ पुगेको छ ।