
८ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोनाभाइरस (कोभिड–१९) पछिको पर्यटन अब कसरी संचालन गर्ने भनेर तयार पारिएको ‘अपरेशनल गाइडलाइन विथ हेल्थ प्रोटोकल फर टुरिजम सेक्टरको लोकापर्णका लागि आयोजना गरेको जूम मिटिङमा एकाएक अश्लील भिडियो देखिएको छ । भिडियो पर्यटन मन्त्री योगश भट्टराईले प्रोटोकल सार्वजनिक गर्न बोल्दै गर्दा आएको थियो । नेपाल पर्यटन बोर्डले होस्ट गरेको सो जूम मिटिङमा पर्यटन क्षेत्रका विज्ञ, पर्यटन व्यवसायी तथा मिडियाकर्मी गरेर २५० भन्दा बढी सहभागी थिए । जूम मिटिङ दिउँसो १ बजेबाट शुरु भएको थियो । उक्त अश्लील भिडियो सवा दुई बजेतिर देखिएपछि जूम मिटिङ मिटिङ रद्द भएको छ ।
प्रकाशित मिति : २०७७ असार ८ गते सोमवार