
९असार, काठमाडौं । लोकपप गायक सुनील गिरीको ‘को होला त्यो’ बोलको गीतको फिमेल भर्सनको भिडियो सार्वजनिक भएको छ ।
गीतमा गायिका अस्मिता अधिकारीको स्वर छ ।
गीतमा गायक गिरीको शब्द र संगीत रहेको छ भने गोपाल रसाइलीको एरेञ्ज रहेको छ ।
निषेधाज्ञाअघि कालिञ्चोक, चरिकोट मुडे लगायतका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा अभिनेता तथा मोडल पल शाह र नायिका तथा मोडल प्रकृति श्रेष्ठको अभिनय छ ।
प्रकाशित मिति : २०७८ असार ९ गते बुधवार