रोल्पाको थबाङ र लुंग्री गाउँपालिकाले समयमा बजेट ल्याउन सकेनन्

१० असार, रोल्पा । रोल्पाको थबाङ गाउँपालिका र लुंग्री गाउँपालिकाले यस पटक समयमै बजेट ल्याउन सकेनन् । थबाङ गाउँपालिकाले आवश्यक तयारी नपुगेको कारण देखाउदै बजेट ल्याउन सकेन भने लुंग्री गाउँपालिकाकामा आन्तरिक विवादका कारण बजेट ल्यान नसकेको हो ।
थबाङ गाउँपालिकाका प्रेस संयोजक विमलराज डाँगीले गाउँपालिकाको आवश्यक तयारी नपुगेका कारण बजेट ल्याउन नसकेका बताए । गाउँपालिकााले १÷२ दिन भित्र बजेट ल्याउने उनी बताउ छन् ।
गत वर्ष पनि समयमै बजेट ल्याउन नसकेको लुंग्री गाउँपालिकाले यस वर्ष पनि समयमै बजेट ल्याउन सकेको छैन । गाउँपालिका अध्यक्ष र उपाध्यक्ष बीच सहमति हुन नसक्दा बजेट ल्याउन असफल भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले वडालाई २५÷२५ लाख उपलब्ध गराउन खोजेका थियो । वडाले कम्तिमा ५० लाख उपलब्ध गारउने माग गरे पछि कुरा नमिल्दा गाउँ सभा हुन नसकेको वडा अध्यक्षहरुको भनाई रहेको छ । गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्काले भने आन्तरिक विवादको टुंगो लगाएर बजेट ल्याउने बताएका छन् ।

प्रकाशित मिति : २०७७ असार १० गते बुधवार
प्रतिक्रिया दिनुहोस