सहयात्री क्षेत्रीको गजल

उदघाट्नमा आउँछ, या सकिदा सारमा आउँछ
उ अभियनता हो, पिडित भेट्न कारमा आउँछ ।

थाहा छैन कता पुगेछ त्यो समृद्विको तिम्रो यात्रा
पेशा, रोजगार र अवसर बजारमा आउँछ।।

उ भन्छ, जलस्रोतमा अत्यन्तै धनी छ मेरो देश
जहाँ विद्युत छिमेकीको र पानी जारमा आउँछ।।

मन्त्री ज्यू कहाँ यस्तो विकासको कुरा गरिरहेको
छोड्नुस, धेरै कमिसन त ब्यापारमा आउँछ।।

हाम्रो खुसी पनि कति अस्थिर भएछ जिवनमा
गईहाल्छ, छिट्टै फर्कनेगरी हतारमा आउँछ ।।

प्रकाशित मिति : २०७८ असार १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस