सुनिलस्मृति गाउँपालिकाले ल्यायो ६२ करोड ६८ लाखको बजेट

१० असार,सुलिचाैर । सुनिलस्मृति गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ६२ करोड ६८ लाख ५४ हजार ५ सय ३४ रूपैयाँ बजेट पस्तुत गरेको छ ।

गाउँपालिकाको १० औँ गाउँसभामा  आर्थिक विकास समितिका संयोजक गन्जबहादुर क्षेत्री प्रस्तुत गरेका हुन् । कुल चालु तर्फ ३९ करोड ६५ लाख ५५ हजार र पुँजिगत तर्फ २३ करोड २ लाख ९९ हजार ५ सय ३४ रूपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिकाले विनियोजित बजेट मध्य संघीय सरकारबाट वित्तिय समानीकरण १० करोड ४८ लाख, राजस्व वाडफाडबाट ८ करोड ६३ लाख, ससर्त अनुदान २२ करोड २० लाख, प्रदेश सरकारबाट लुम्बिनि प्रदेश सरकारबाट वित्तिय समानीकरण ४९ लाख १० हजार, राजस्वबाट ७६ लाख ५सय ३४ रुपैयाँ, प्रदेश सरकारबाट ससर्त अनुदान १ करोड ४५ लाख ४४ हजार, जम्मा समपुरक कोषबाट २ करोड ३३ लाख र आन्तरिक आयबाट १ करोड अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०७८ असार १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस