फरक क्षमताका विद्यार्थीलाई सामग्री वितरण

१०असार, रोल्पा। फरक क्षमता भएका विद्यार्थीलाई विभिन्न सामग्री वितरण गरिएको छ ।  

जिल्लाको बालकल्याण नमुना माध्यामिक विद्यालय लिबाङमा अध्ययनरत फरक क्षमताका विद्यार्थीलाई अण्डा, सेनेटरीप्याड, ब्रस, मञ्जन, नेल कटर, साबुन लगायतका सामग्री विद्यार्थीलाई वितरण गरिएको हो । 

नेपाल औषधी व्यवसायी सङ्घ रोल्पाले  आफ्नो ५२ औँ स्थापना दिवसको अवसरमा विद्यार्थीहरूलाई उक्त सामग्री वितरण गरेको हो । 

प्रकाशित मिति : २०८२ असार १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस