रोल्पाका ५०.३६ प्रतिशत विद्यार्थी एसईई परीक्षामा उत्तीर्ण 

फाइल तस्विर

 १४ असार, रोल्पा । जिल्ला भरबाट यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) ५०.३६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार रोल्पाका ५०.३६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन । 

०८१ सालको एसईई परीक्षामा रोल्पाबाट साधारण र प्राविधिक धारतर्फ गरी कुल ३ हजार ५ सय ४४ जना सहभागि भएका थिए । जसमध्ये १ हजार ७ सय ८५ जना विद्यार्थी उत्तीर्ण भएका छन् । 

शुक्रबार सार्वजनिक भएको नतिजा अनुसार साधारण धार तर्फ परीक्षामा सहभागि भएका ३८ जनाले मात्रै ३.६ देखी ४.० जिपिए ल्याएका छन । १८२ जनाले ३.२ देखि ३.६ जिपीए ल्याएका छन् । भने ६ सय ६६ जनाले २.८ देखि ३.२ जिपिए लिएका छन् ।

त्यसैगरी ७ सय ९० जनाले २.४ देखि २.८ जिपिए र ७७ जनाले २ देखि २.४ जिपिए ल्याएका छन् । साधारण धारतर्फका ३ हजार ३ सय ३४ जना विद्यार्थी मध्ये १ हजार ७ सय ८५ जना विद्यार्थी उत्तीर्ण भएका हुन् ।

प्राविधिक धारण तर्फ  २४. ७६ प्रतिशत उत्तीर्ण 

रोल्पा जिल्लाभरबाट प्राविधिक धारण तर्फ  २४. ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । प्राविधिक धारणतर्फका १ जना ३.६ देखी ४.० जिपिए ल्याएका छन ।  प्राविधिक धारतर्फ  ११ जनाले ३.२ देखी ३.६ जिपिए ल्याएका छन । 

त्यसैगरी ३३ जनाले २.८ देखी ३.२ जिपिए र ७ जनाले २.४ देखी २.८ जिपिए ल्याएका लिएका छन् । यस वर्षको एसईई परीक्षामा रोल्पाबाट प्राविधिक धारतर्फ २ सय १० जना विद्यार्थी मध्ये ५२ जना विद्यार्थी मात्र उत्तीर्ण हुन सफल भएका छन् । 

त्यसैगरि यश वर्षको एसईई परीक्षामा बालकल्याण माध्यमिक विद्यालय लिबाङकी पुजा थापामगर ३.९१ जिपिए ल्याई प्रथम भएको शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय रोल्पाले जानकारी दिएको छ । उनि रोल्पा नगरपालिका ४ कि हुन ।

महेन्द्र मावि होलेरीका गणेश खत्री ३.८९ जिपिए सहित दोस्रो, बालकल्याण मावि लिवाङकि बिजेता रिजाल ३.८६ सहित तृतीया, ज्ञानमन्दिर मावि खुंग्रीका करणा घर्तीमगर ३.८५ जिपिए सहित चौथो भएकी छन्।

त्यस्तै वीरबलभद्र मावि थबाङकि मेरी रोका(प्राविधिक धार तर्फ) ३.८४ जिपिए सहित पाँचौ, चन्द्रप्रभा मावि मिझिङका गोविन्द विष्ट ३.७८ जिपिए सहित छैटौँ भएका छन् ।

सिद्धार्थ मावि घोप्टेओढारका चुडामणि केसी ३.७७ जिपिए ल्याई सातौँ,  बालकल्याण मावि लिबाङकी दिव्या घर्तीमगर  र जनज्योति मावि गजुलका सन्तोष पुन ३.७६ जिपिए ल्याई आठौँ भएका छन्।

त्यसैगरी वीरेन्द्र मावि नाउली रोल्पाकी रेखा डाँगी, पृथ्वीनारायण मावि राँक रोल्पाकी मनीषा परियार र ज्ञानमन्दिर मावि खुंग्रीका युनिक थापाले ३.७४  जिपिए ल्याएका छन् ।

प्रकाशित मिति : २०८२ असार १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस