साउन ७ सम्म लकडाउन जारी राख्ने सरकारको निर्णय

१५असार, काठमाडौं । सरकारले अहिले जारी रहेको लकडाउनलाई साउन  ७ गतेसम्म जारी राख्ने निर्णय गरेको छ।

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले यथास्थितीको लकडाउनलाई जारी राख्ने निर्णय गरेको हो।

अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडानलाई पनि साउन ७ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।

संक्रमणका घटनाहरु बढ्दै गइरहेका बेला अहिलेकै शैलीको लकडाउनलाई निरन्तरता दिने निर्णयमा सरकार पुगेको हो।

कोरोना नियन्त्रणका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि लागू हुनेगरी लकडाउन घोषणा गरेको थियो।

प्रकाशित मिति : २०७७ असार १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस