संस्थाले आवश्यक पर्यटक प्याकेजमा जाने पर्यटक लागि टेण्ट सिल्पीङ्ग ब्याग खरिद गरेको छ । कोरोना भाइरसका कारण हामीले सोचे अनुसारका गतिविधिहरु सञ्चालन गर्न सकिरहेका छैनौँ ।

यो वर्ष हामीले गाउँपालिकाबाट विनियोजित रकमले भर्खरै पर्यटन डकुमेन्ट्रीको छायांकन सकेका छौँ । कोरोना भाइरसका कारण वडा कार्यलयबाट विनियोजित चार लाख रुपैयाँ अध्यन तथा अवलोकन भर्मणको रकम फिरिज भयो ।

सुनछहरी गाउँपालिकामा ग्रामीण होमस्टेको सम्भावना कस्तो छ? गाउँपालिकामा अहिलेसम्म कति वटा होमस्तेहरु संचालनमा आएका छन ?

सुनछहरी गाउँपालिकालाई देशकै ग्रामीण पर्यटनको नमुना गन्तव्य बनाउँदै छौँ। अब कुरा गरौँ, ग्रामीण पर्यटनको। हाम्रो ग्रामीण पर्यटन धर्म, प्रकृति र संस्कृतिमा आधारित छ। धुवाँधुलो, फोहोर कोलाहलबाट मुक्त हुन स्वच्छ हावापानी भएका गाउँघर उपयुक्त छन्।

त्यसैले गाउँ घुम्नेहरू बढ्दै छन्। ग्रामीण पर्यटनमा होमस्टेले ठूलो सहयोग पुर्यायाउँछ। स्थानीय उत्पादनको उपयोग र त्यसको बजारीकरणमा टेवा पुग्छ। अर्गानिक खानपानले पर्यटकको मन जित्छ। साथै सांस्कृतिक कार्यक्रमबाट आम्दानी हुनजान्छ । संस्कृति जोगाउने अभियान पनि सुरु भएको छ। ग्रामीण पर्यटन विकासको मुख्य आधार होमस्टे हो।

प्रकृति, संस्कृति र जीवनशैली देखाएर आम्दानी गर्न सकिन्छ। घरमा आएका पाहुनासँग हाँसेर बोल्नु, पाहुनालाई विशेष स्वागत गर्नु । आफ्नै परिवारसँगै बसेर ग्रामीण क्षेत्रमा प्राप्त हुने स्थानीयस्तरको खाना खुवाउनु, भलाकुसारी गर्नु, ग्रामीण जनजीवन र मौलिक सांस्कृतिक परिचय गराउँदै मौद्रिक मूल्यमा परिणत गरी ग्रामीण पर्यटनलाई प्रवर्द्धन गर्ने व्यवसाय नै होमस्टे हो।

अहिलेसम्म सुनछहरी गाउँपालिका भित्र यस संस्थाले ३ वटा सामुदायिक होमस्टेहरु संचालमा ल्याएको छ ? हाम्रो हालै मात्र खोलीएको कोठीभिर विबाङदह सामुदायिक होमस्ते भित्री गाममा र स्यूरीको राङरीमा सुनछहरी सामुदायिक होमस्टे छ्न् ।

अहिलेसम्म गाउँपालिकामा खुलेका होमस्टेहरुको अवस्था के कस्तो छ?

निस्चय पनि यो माहामारीले गर्दा हाम्रो पर्यटन व्यवसायमा धेरै असर पुगेको छ । आन्तरिक पर्यटकको चहलपहल थप्पै भयो । जेलबाङको गेमि होमस्टे फात्तफुत्त चलिरहेकै छ । खासगरी धार्मिक पर्यटकहरु जलजला आउजाउ र अवलोकनकर्ताहरुको चहलपहल चलिरहेकै छ ।

गाउँपालिका ग्रामीण गाउँबस्ती भएको एक दुर्गम गाउँपालिका हो।यहाँ होमस्तेको धेरै सम्भावना छ । तर गाउँबस्तीमा शिक्षा, स्वास्थ्य, सरसफाइ, चेतनाको अभाव छ । तर पनि होमस्टेहरु खुलाउनु भएको छ? होमस्तेको प्रभाकारी संचालनको लागि केके गर्दै हुनु हुन्छ ?

हामीले ग्रामीण विकास र ग्रामीण पर्यटनले ग्रामीण विकासमा पुर्‍याउन सक्ने सहयोगको बारेमा चर्चा गरौं । नेपाल ग्रामीण पर्यटनले भरिपुर्ण छ भन्दा अतियुक्ती नहोला। एकातिर जातिय, धार्मिक, भाषिक विविधता र अर्कोतर्फ भौगोलिक रुपमा विविधता सहित विविधताले पर्यटनको क्षेत्र चम्किलो छ। स्थानीय समुदायको कला, संस्कृति, भेषभुषा, भाषा, धर्म, रीतिरिवाज, चालचन तथा त्यस समुदायहरू बस्ने स्थलबाट अवलोकन गर्न सक्ने प्राकृतिक दृश्यावलोकनको माध्यमबाट त्यस ठाउँको प्रचार प्रसार तथा आयआर्जन गर्ने पर्यटन ग्रामीण पर्यटन हो ।

मूलतः ग्रामिण जनताका लागि उनीहरू स्वयःको सक्रियतामा गरिने पर्यटन व्यवसाय नै ग्रामिण पर्यटन हो । विश्वको सर्वोच्च शिखर सगरमाथा र शान्तिका दुत गौतम बुद्धको देश भनेर परिचित हाम्रो देश नेपाल पर्यटन उद्योगको प्रचुर सम्भावना बोकेको राष्ट्र हो ।

विश्वका नै प्रख्यात हिम शृङ्खलाहरूको बाहुल्यता मात्र होइन । प्राकृतिक सुन्दरताले भरिपूर्ण, जातीय, भाषिक, धार्मिक, तथा भौगोलिक रूपमा समेत विविधताले निपूर्ण, जनजाती समुदायहरूमा रहेको सांस्कृतिक सौन्दर्यता तथा संस्कारहरूले पर्यटनको माध्यमबाट स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रलाई समृद्व बनाउन सक्ने आधारहरू भएको देश नेपाल हो ।

पर्यटनको माध्यमबाट मुट्ठिभर मानिसको हित होइन कि समग्र राष्ट्रको समृद्वि हुनका लागि स्थानीय जनताको प्रत्यक्ष सहभागितामा उनीहरू कै योजना र सक्रियतामा ग्रामीण समुदायको विकासका लागि अपनाइने पर्यटन व्यवसायलाई ग्रामिण पर्यटन भनिन्छ । निश्चित रूपमा शिक्षा , स्वास्थ्य र प्रभावकारी योजनाहरु र हाम्रा अगाडि गुणस्तरीय पर्यटन प्रवद्र्धनका थप चुनौतीहरू छन् । यी चुनौतीको सामना गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरण सञ्जाल तथा व्यावसायिक प्रवद्र्धनको क्षमता र कार्य कुशलताले मात्रै सकिन्छ ।

सुनछहरी गाउँपालिका युद्ध, भाषा, धर्म, संस्कृति र परम्पराको धनी छ । भन्ने सूनिन्छ तर अहिलेसम्म पर्यटन विकासको लागि प्रचारप्रसार कमि देखिन्छ । तपाईंको आगामी दिनमा पर्यटन सम्बन्धि केके योजनाहरु अगाडि सार्नु भएको छ?

ग्रामिण पर्यटनको माध्यमबाट व्यक्तिको होइन । समुदायक र राष्ट्रको हितमा सहयोग पुग्दछ । सामूहिक लगानी, सामूहिक मुनाफा र ग्रामीण विकासको लागि ग्रामीण पर्यटन एउटा आधार स्तम्भ हो।

पर्यटनको क्षेत्रमा सरकारले नै लगानी गर्ने हो । भने राष्ट्रिय अर्थतन्त्रमा पर्यटनले भरपुर सहयोग गर्दछ। प्राकृतिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक आनन्दका लागि नेपाल आउने पर्यटकहरूले नेपालको राष्ट्रिय अर्थतन्त्रको समृद्धिमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

नेपाल आउने पर्यटकको भिसा शुल्क तथा पदयात्रा र पर्वतारोहण शुल्कले राष्ट्रिय अर्थतन्त्रको विकासमा भूमिका खेल्दछ । भने स्थानीय भाषा–संस्कृतिको प्रचार प्रसारले ग्रामीण वा स्थानीय अर्थतन्त्रको विकासमा भूमिका खेल्दछ ।

युद्ध पर्यटनको बारेमा त यहाँका स्थानीय तहको अझै त्यो आँखा खुलेको म देखदिन्न । किन भने हामी सित एकै रातमा एकै गाउँमा ३ वता प्रहरी चौकी आक्रमण गरेको इतिहास छ । यो सबैलाई एउटा युद्धको नमुना स्थल बनाउन सकेमा पनि पर्यटनलाई धेरै फाइदा हुन्छ ।

अहिलेसम्म गाउँपालिकाको कुनैपनी वडाहरुले पर्यटन विकासको लागि खासै गतिविधि गरेको पाइन्न सम्भावना भएर पनि नगरेको हो कि सम्भावना नै नभएर नगरेका हुन तपाईंको बिचारमा के लाग्छ ?

पर्यटनलाई सपना बेच्ने व्यापार भनेर पनि भन्न सकिन्छ । जति सपना देखाउन र त्यसको प्रभाव बढाउन सकियो त्यति छिटो पर्यटन विकासले गति लिन थाल्नेछ । तपाईंले सोधेको जस्तो कुनै पनि वडाहरुले पर्यटन गतिविधि गरेनन भन्ने कुरा आयो यो सत्य हो । जहाँसम्म मलाई लाग्छ, वडाहरुले पर्यटन सम्बन्धि ज्ञान नै नबएर नै हो । ग्रामीण पर्यटन गाउको विकासको लागि केन्द्रित गरेर त्यसको व्यवस्थापन गर्ने हो । भने ग्रामीण पर्यटनले ग्रामीण विकासमा फड्को मार्छ ।