
गसिप । हिरोइनलाई फिल्म निर्माण उति सारो फापेको उदाहरण छैन । श्वेता खड्काले ‘कान्छी’ बनाएर मुश्किलले लगानी उठाइन् । निर्माणमा हात हाल्ने धेरै हिरोइन चुर्लुम्मै डुबेका उदाहरण छन् । केकी अधिकारी, ऋचा शर्मालाई पनि फिल्म बनाएको खासै फापेको छैन ।
यही सूचीमा पर्छिन्, नम्रता श्रेष्ठ पनि । उनले निर्माताका रूपमा दुइटा फिल्म रिलिज गरिसकिन्, तर दुवैमा चुर्लुम्म १ उनले अलि अघि बनाएको ‘सोल सिस्टर’ र गत साल रिलिज गरेको ‘जाइरा’ बक्सअफिसमा नराम्ररी डुबेका थिए । तर, उनी आत्तिएकी छैनन् । स्रोतका अनुसार नम्रता यो पालि ठूलो फिल्म होइन, सिरिज निर्माण गर्दै छिन्, जसमा आफैँ अभिनय पनि गर्दै छिन् । लकडाउन खुलेलगत्तै फ्लोरमा जाने सिरिजमा नाजिर हुसेनको पनि अभिनय रहने चर्चा छ ।
नेपालमा प्रियंका कार्कीले सिरिज निर्माणको काम गरिसकेकी छिन् । उनले बनाएको सिरिज कमैले हेरे । नम्रताले चाहिँ केही फरक गर्लिन् कि त ? (सम्पूर्ण साप्ताहिकबाट साभार)