प्रारम्भ :
निश्चित सामूहिक उद्देश्य प्राप्तिका लागि सामूहिक क्रियाकलापलाई सकारात्मक प्रभाव पार्ने कार्यलाई नेतृत्व भनिन्छ । संघ सस्था, समाज , देश, राजनीतिक पार्र्टी, सङ्गठनहरु, तिनीहरुले निर्दिष्ट गरेका लक्ष्यमा नडगमगाइ कन अगाडि बढिरहनु नेतृत्वको कर्तव्य बन्न आउँछ । समाज गतिशील रहन्छ । यसको मतलब निरन्तर नयाँ परिस्थिति अगाडि आइरहेका हुन्छन् । प्रत्येक नयाँ परिस्थितिले पुरानो परिस्थितिलाई निषेध गरिरहेको हुन्छ ।

नेतृत्व एउटा साँचो हो । जसले जुनसुकै परिस्थितिमा उत्पन्न  विचारले सिर्जना गरेका प्रवृत्तिहरुलाई एउटै आकारमा ढाल्न सक्नुपर्छ । नेतृत्वको अभावमा ठूला–ठूला परिवर्तनका आशा अभिलाषाहरु मुर्झाएर जान्छन् । अर्थात विना नेतृत्व समग्र संघ सस्था, पार्टी सङ्गठनहरुको उद्देश्य हासिल गर्न सकिदैन । यसको मतलब यो, हो कि जुनकुनै संस्थालाई सकारात्मक बाटोमा हिडाउन नेतृत्वको भूमिका निकै नै महत्वपूर्ण रहेको हुन्छ ।

त्यसैले नेतृत्व प्रभावकारी हुन अत्यावश्यक छ । यदि नेतृत्व प्रभावकारी वा गतिशील भएन भने उसले नेतृत्व प्रदान गर्न सक्दैन । अर्थात उसले समयको माग बमोजिम मार्गनिर्देशन गर्न पनि सक्दैन । नेतृत्व एउटा व्यक्ति होइन प्रवृति हो । जसले मातहतका सदस्य वा आम नागरिक माथी सकारात्मक प्रभाव पार्न सक्ने व्यक्तिक गुण पनि हुन जरुरी छ । समग्र व्यवस्थापनको सबैभन्दा महत्वपूर्ण अस्त्र नै नेतृत्व हो । त्यसैले सधैंभरी कुशल नेतृत्वको अपेक्षा गरिएको हुन्छ ।

हरेक नेतृत्वले आफ्नो मुख्य उद्देश्यहरुको प्राप्तिका लागि आफ्नो मातहतमा रहेका व्याक्तीहरुलाई उत्साह पूर्वक आफ्ना कार्यहरू सम्पन्न गर्न प्रेरित गर्ने वा प्रभावित गर्ने एउटा संस्थागत प्रक्रिया पनि हो नेतृत्व । संघ सस्था वा पार्टी सङ्गठन सफल रुपमा सुचारु राख्न वा संचालन गर्न नेतृत्वमा रहेको व्यक्ति अर्थात नेतामा प्रयाप्त बौद्धिक क्षमता, नैतिकता र दुरदर्शिता हुनुपर्छ । यो दुरदर्शिता सक्षमता वा बौद्धिकता सधैँ एउटै प्रकारले र उस्तै रफ्तारमा रहदैन ।

बौद्धिकता, चिन्तन प्रणाली विचार पद्धतिमा एकरुपता वा एकनासको अवस्था रहिरहन सक्दैन । नेतृत्वको उमेर अवस्था, शारीरिक तन्दुरुस्ती तथा भौतिक परिस्थितिले एवं प्रकृतिको गतिको नियमानुसार उसको वैचारिक अवस्थामा प्रभाव पर्ने गर्दछ । यदि नेतृत्वले त्यसरी उल्लेखित कारणले वैचारिक अवस्थामा परेको प्रभावबारे निश्चित नियमानुसार कावुमा राख्न सकेन भने स्वयंले पत्तो नपाइकनै स्खलित भैरहेको पनि हुन्छ । जब नेतृत्व स्खलित हुन्छ । तब ती संघ सस्था, पार्टी वा सङ्गठनहरुमा बेथिति पैदा हुन जान्छ । जब नेतृत्वले आफ्नो शाख गुमाउँदै जान्छ । तब संस्था बिना मियोको दाइसरह हुन्छ। आज नेकपा (मसाल) एक प्रकारले भन्ने हो, भने त्यस्तै बिना मियो को दाइ सरह भएको छ ।

विषय प्रवेश

नेकपा (मसाल)मा अहिले नेतृत्वको गम्भिर समस्या देखा परेको छ । केन्द्रका निर्देशहरु क्षेत्र र शाखाहरुले मान्न छाडेका छन् । सासंदहरु समेत केन्द्रका निर्देशनहरुको अवज्ञा गरेका छन् । देशमा घट्ने कतिपय घटनाक्रमहरुका बारेमा केन्द्रिय स्तरका नेताहरुनै पार्टीले संस्थागत धारणा, बनाउनु पूर्व नै आफ्ना विचार, धारणा वा टिप्पणीहरु सार्वजनिक गर्ने र विवादमा आउन थालेका छन् । जस्तो कि पछिल्लो पोखरा राजनीतीक घटनाका सम्बन्धमा अध्यक्ष चित्रबहादुर के.सी.ले आफ्ना माननीय विक्री भएको, सेटिङ्गवाला पार्टीमा गएको आदि आरोपहरु सार्वजनिक रुपमै लाउनु भयो । तर पछि पार्टीले औपचारिक रुपले कृष्ण थापालाई निस्कासन गर्दा समेत बिक्री भएको वा पार्टी छडेको बारे केही उल्लेख गरेको थिएन । यो एउटा प्रतिनिधि घटना मात्रै हो । यस्ता तमाम उदाहरणहरु छन ।

अहिले हाम्रो पार्टीमा जो महाधिवेशनले निश्चित गरेको वैधानिक व्यवस्था हो । विधान त्यसको उल्लंघन गर्दै महामन्त्रीले आफ्नो एकाधिकारवादी प्रवृत्तिको प्रदर्शन गरेका छन । केन्द्रिय समितिले निर्धारण गरेका कार्यक्रमहरुमा स्वयं केन्द्रिय सदस्यहरूले उदासीनता प्रदर्शन गर्ने गरेका छन् । केन्द्रको बटम लाइनका विरुद्धमा स्वयंः कार्यालय नै उत्रने गरेको छ।

नेकपा (मसाल) जस्तो क्रान्तिकारी पार्टीमा यस्तो अवस्था सिर्जना हुनु अत्यान्तै दुखद कुरा हो। पार्टीमा यस्तो अवस्था कहाँबाट सिर्जना भयो भन्दा जब पार्टीले आठौं महाधिवेशनबाट त्यस पूर्वको क्रान्तिकारी विरासत माथि धाबा बोल्दै मुल नेतृत्वले जब संसोधनवादी निति पास ग¥यो त्यतिबेला बाटै यो समस्याले बिकराल रुप ग्रहण गर्दै गयो । महाधिवेशनद्वारा पारीत गरेको गलत नीति पार्टी भित्र लागु गर्ने दौरानमा मुल नेतृत्वलाई निकै कठिनतम समस्याहरु आइलाग्यो ।त्यो अवस्थामा नेतृत्वले आफ्नो सामुन्नेमा आएका कठिनाइहरुको सामना वैचारिक तरिकाले गर्नुको सट्टा नेतृत्व स्वयंले वैधानिक प्रावधानहरु कुल्चदै अगाडि बढ्यो । हो आठौं महाधिवेशनले पास गरेको नीतिलाइ पार्टीको मुख्य नेतृत्वले नै फेरबदल गरेर विधि विधानको धवज्जी उडाउने मात्रै काम गरेन पुरै महाधिवेशनको नै अवमुल्य गरेर अगाडि बढी रहेको छ ।

हेर्नुहोस कमरेड आकाश नेपाल कम्युनिस्ट पार्टी (मसाल) को आठौं महाधिवेशनका दस्तावेजमा नेतृत्व द्वारा गरिएका परिवर्तनहरु यस्तै पार्टी विधानको अध्या ३ धारा ५ को उपधारा (च) अनुशासन सम्बन्धी व्यवस्था गर्ने बनेको प्रावधानको ठाडो उल्लंघन मुल नेतृत्वबाट नै भयो । त्यो धाराले कम्युनिस्ट पार्टीका सदस्यहरूको अनुशासन मजबुत बनाउने परिकल्पना गरेको छ । तर त्यस धाराको गलत तरिकाले आफू अनुकुल व्याख्या गर्दै नेतृत्वले मसाल भित्रका (हार्ड लाइनर) क्रान्तिकारीहरुलाई समाप्त पार्ने औजारका रुपमा प्रयोग गरिरहेको छ ।

यस्ता तमाम उदाहरणहरु छन् । नेतृत्वले गलत तरिकाले प्रयोग गर्दै आएका । यस प्रकारको वातावरण निर्माणमा मुल नेतृत्वको ठूलो योगदा रहेको छ । जब नेतृत्वले नै आफ्नो लक्ष्य वा निर्धिस्ठ विचारहरुको प्रभाह नगरी मनलाग्दी गर्न थालेपछि यो अवस्था आउनु स्वाभाविक नै थियो । पार्टी मुल नेतृत्वले अपनाएको गलत कार्यपद्धितको विरोध गर्ने पार्टी भित्रका फरक विचार समूहलाई छद्मभेसिको संज्ञा दिदै कारवाही गरिएको छ । कारवाही गर्दा त अवस्था यस्तो भए छ । कि अब कारवाही हुन के।सि।जि र मोहन जि मात्रै बाँकी रहनु भएछ । पार्टीको पुरानो पुस्ता जो उहाँका समकक्षीहरु हुन । तिनीहरु बिनाको पार्टी यस्तै हुन्छ । जस्तो हालतमा अहिले गुज्रिरहेको छ । मुल नेतृत्वले पार्टी सदस्यहरूलाई कन्भिन्स गर्न छ्द्मभेसिको सहारा लिई रहेता पनि त्यो सहाराले काम गर्न करिव छाडिसकेको छ ।

पार्टी भित्र मुल नेतृत्वले छरेको भ्रमहरु एकाएक धुलिसाप हुन थालेका छन। मसाल नेतृत्वलाई अब यो छद्मभेसिको सहारा नेपाली उखानू छोटो कात्रो एता न उता जस्तै बनेको छ। (माथी तानेर ढाक्न खोज्दा तल देखिने तल तानेर ढाक्ने खोज्दा माथी देखिने) भएको छ । वर्तमान अवस्थामा पार्टी भित्र जुन प्रकारको विसङ्गती पैदा भएको छ । त्यस को जवाफ देहिता हाम्रो मुल नेतृत्वले लिनुपर्ने हुन्छ । यो अवस्थाको अन्त्य गरेर पार्टीलाई सहि दिशामा आगाडि बढाउने दाईत्व स्वयं मुल नेतृत्वको हो । यदि नेतृत्वले दाइत्वबोध गरेमा पार्टीले पुनः सहि दिशा ग्रहण गर्न सक्नेछ भन्ने आशा गर्न सकिन्छ ।

समस्या ..

एउटा गतिशील र जिवित पार्टीमा अन्तर्विरोध पैदा हुनु औधी राम्रो पछ्य हो । तर ती अन्तर्विरोधहरु सैद्धान्तिक र राजनीतिक हुनुपर्छ । माक्र्सवादीहरुले राजनीतिक अन्तर्विरोधहरु माथि नियन्त्रण कायम गर्न दमनको सहारा लिने गर्दैन्न । आज पार्टीमा मुल नेतृत्वले प्रदर्शन गरेको जुन व्यवहार छ। त्यस्का आधारमा भन्नु पर्दा पार्टी मुल नेतृत्व सिदान्तबाट चिप्लिई सकेको छ, भन्न सकिन्छ । जस्तै कि प्रथमतः फरक वैचारिक समूह माथि दमनद्वारा नियन्त्रण गर्ने प्रयत्न गरेको छ । द्वितीय फरक विचार समूहले लिखित रुपमै व्यवस्थित तरिकाले र सैद्धान्तिक मतभेदहरुको बारेमा बताइरहेका छन । फरक विचार समूहका नेताले व्यक्त गरेकका विचार, प्रशिक्षण, लेखहरु र विभिन्न प्रकाशित सामग्रीहरु जो आन्तरिक रुपमा बहसका लागि तयार भएर आएका छन् । तिनका आधारमा फरक विचार समूहले प्रकट गरेका वा उठान गरेका सवालहरु सैधान्तिक सबल नै हुन भन्न सक्छौँ ।

मुल नेतृत्व ठीक विपरित दिशामा अग्रसर छ । पहिलो कुरा मुल नेतृत्वले फरक विचार समूहलाई छ्द्मभेसी उपमा दिएर विचारको पछ्यलाई गौण बनाउने प्रयत्न गरेको छ । दोस्रो पछ्य मुल नेतृत्वले आफ्ना प्रशिक्षण, परिपत्र, लेख वा आन्तरिक कार्यक्रमहरुमा समेत फरक विचार समूहले उठाएका तथ्यगत र आधारभूत मतभिन्नतामा बहस, छलफल वा प्रशिक्षित गर्न छडेका छन् । जस्तो कि हालसालैका प्रशिक्षणहरुमा केसी जि सुरेश, आनन्दहरुले व्यक्त गरेका विचारहरु लाइनै आधार मान्न सक्छौं । ती प्रशिक्षणहरुमा उहाँहरुले फरक विचार समूहले उठाएका मतभिन्नताका बारेमा विषय प्रवेशनै गर्नुभएको छैन ।

जब लिखित रुपमै मतभेदहरु आइसकेको छ । भने त्यो विषयमा हाम्रो यो मत हो भनेर आफ्नो लाइन सहि भएको पुष्टि गर्नुपर्नेमा उल्टो फरक विचार समूहका नेताहरुलाई फटाहाहरु, निश्कासित तत्व, दुश्मन, आदि शब्दको प्रयोग गरेर गालि गर्नुले यही कुराको पुष्टि गर्छकी अब मुल नेतृत्व वैचारिक रुपमा स्खलित भैसकेको छ । यस्तै अर्काे घटना गण्डकी प्रदेशको हेरौँ । पार्टीले आफ्नो आठौं महाधिवेशनबाट यसरी विश्लेषण गरेको छ । ने.का. सामन्त, दलाल, नोकरशाही पुँजीपतिको पार्टी हो । ती वर्गहरु जनवादी क्रान्तिका दुश्मन शक्ति हुन ।

यो विश्लेषण पार्टीले अहिलेसम्म बदलेको छैन । तर घोषित दुश्मन शक्तिलाई सत्तामा पु¥याउन पुरै पार्टी पद्धति र विधिलाई समेत निस्तेज पार्दै मुल नेतृत्व अगाडि बढेको छ । यसरी पार्टी मुल नेतृत्वले स्वेच्छाचारी ढंगले आफ्नो मातहतको पार्टी सत्ताको चरम दुरुपयोग गर्नुनै अहिलेको सिद्धांत बाहेकको अर्को कार्यशैलीगत समस्या समेत हो ।

यसरी अहिले पार्टीमा देखा परेका मुख्य समस्या मुल नेतृत्वले समातेको सम्सोधनवादी नीति कै समस्या हो । जुन नीति सच्चाउन आर्का महाधिवेशनमै जानु पर्छ । त्यस बाहेक मुल नेतृत्वको कार्य प्रणालीमा देखा परेको अधिनायकवादि, प्राधिकारवादी तथा स्वेच्छाचारी र संकीर्णवादी प्रवृत्ति तत्काल सच्चाएर जान सकिन्छ । यदि मुल नेतृत्वले चाहेमा माथि उल्लेख गरिएका तमाम समस्या मुल नेतृत्वले नै सिर्जना गरेका समस्याहरु हुन । त्यसैले यसको समाधान पनि मुल नेतृत्व सँगै छ ।

समाधान

पार्टीको आठौं महाधिवेशनले समेत कार्यकर्तामा उर्जा पैदा गर्न सकेन । हाम्रा अधिकांश सदस्यहरुमा विस्तारै निराशा, पलायनता वा केवल कर्मकाण्डि प्रवृत्ति मौलाउदै गएको छ । यस्तो अवस्थामा सदस्यलाई पुर्याउन स्वयः नेतृत्वले भूमिका खेलेको छ । समयमा बैठक नबसाल्ने, महाधिवेशनताका अल्पमत पछ्यमा देखिएका पार्टी सदस्यहरुलाई परिपत्रहरु अध्यन नगराउने, अधिकांशलाई कारवाही गर्नु र बाँकी रहेका कार्यकर्ता प्रति अघोषित रुपमा सम्बन्ध बिच्छेदको नीति अपनाएर कार्यकर्ताहरुलाई पङ्ग बनाउने योजनामा स्वयः नेतृत्व लागिपरेको छ । वर्तमान अवस्थाबाट पार्टीलाई मुक्त गर्न कार्यकर्ता वा समर्थकहरुलाई पुनः क्रान्ति प्रति आशावादी बनाउन नयाँ उर्जा प्रदान गर्न पार्टी नेतृत्वले अहिले अबलम्बन गरेको वर्तमान नीति बदल्नु अनिवार्य सर्त हो ।

त्यस्का लागि एक मात्रै वैधानिक र प्रक्रियागत हिसाबले पार्टीको विशेष महाधिवेशन ढाक्नु नै तमाम समस्याको समाधान हो । तर नेतृत्वले विशेष महाधिवेशनको बाटो समेत रोक्ने आधार खडा गर्नका लागि एउटा बहाना निकाल्दै हिडेको छ । निष्कासितले महाधिवेशन डाक्न भन्ने होईन । तिनीहरुलाई अधिकार छैन यो विषय उठाउने आदि ।

नेपाली काँग्रेसँग कार्यगत एकता (सडक आन्दोलन वा कुनै व्यवस्था परिवर्तनका लागि होइन) सत्तामा लगेर स्थापित गराउनको लागि गर्दै हुनुहुन्छ भने निष्काशित कार्यकर्ता र नेता त आफ्नै पार्टीका होला नि ? अनि तिनीहरुले पार्टी सुध्रिनु पर्छ । पार्टी राम्रो र हाम्रो पनि हुनुपर्छ भनेर राम्रो पार्टीको लागि कामना राखनु नपाउने ? यो कहाँको माक्र्सवादी सिद्धाान्त हो ? त्यस कारण यो माक्र्सवादी पद्धति होइन । बरु नेतृत्वले अपनाउदै आएको रबैया पुरै सामन्ती प्रकारको छ । यो अवस्थाबाट मुक्त हुन । पुनः महाधिवेशनको नै जरुरी छ । आजको जुन समस्या पार्टीमा छ त्यो समस्या नेतृत्वले नै पैदा गरेको समस्या हो । नेतृत्वले गतिको नियमलाइ भुलेको छ र सैद्धान्तिक जलप लगाए पनी व्यवहारले अब नेतृत्वलाई पुर्णतया असफल सिद्ध गरेको छ।