२०असार, रोल्पा । साहित्यकार पुरण क्षेत्रीको ‘कहाँ छ स्वर्ग भन तिमी’ गीत सार्वजनिक भएको छ । रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घर्तीले गीतको लोकार्पण गरेका हुन्।
रोल्पा नगरपालिका निवर्तमान मेयर समेत रहेका साहित्यकार पुरणका यसअघि ‘खेलाडी हो खेलाडी’, ‘हामी बनाउछौँ रोल्पानगरलाई’ लगायतका गीतले चर्चा बटुलेको छ ।
साहित्यकार पुरणको आफ्नै रचना रहेको गीतमा सन्तोष क्षेष्ठको संगीत रहेको छ । ‘कहाँ छ स्वर्ग भन तिमी’मा रामकृष्ण ढकाल र प्रगती मगरको स्वर रहेको छ भने राजु कार्कीको एरेन्ज छ ।
कुलदिप न्यौपाने र नवीन लोचनमगरले खिचेको गीतको भिडियोलाई बिष्णु न्यौपाने र सुन्दर पाण्डेले सम्पादन गरेका हुन् ।
प्रकाशित मिति : २०८० असार २० गते बुधवार