
२५असार, रोल्पा । रोल्पा नगरपालिकाले सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रिरिन्टर मेसिन वितरण गरेको छ ।
विद्यालयलाई प्राविधिकमैत्री बनाउन १३ वटा सामुदायिक विद्यालयलाई कम्प्युटर र प्रिरिन्टर वितरण गरेको रोल्पा नगरपालिका नगर प्रमुख पूर्ण केसीले बताएका छन् ।
पाठक्रममा कम्प्युटर विषय पढाइ भए पनि प्रयोगात्मक नहुँदा विद्यार्थीहरुको पढाइमा समस्या आएपछि नगरपालिकाको ७५ प्रतिशत अनुदान र विद्यालयको २५ प्रतिशत लागत सहभागितामा कम्प्युटर र प्रिरिन्टर मेसिन वितरण गरेको नगर प्रमुख केसीले बताए ।
त्यस्तै गरी नगरपालिकाले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत १० वटा बालविकास केन्द्रलाई विभिन्न शैक्षिक सामग्री हस्तारन्तण गरेको छ ।
प्रकाशित मिति : २०७८ असार २५ गते शुक्रवार