२ घण्टा हिँडेर बजार खोज्दै किसान

२७ असार , काठमाडौं । हिमाली जिल्ला हुम्लाका किसान आफूले उत्पादन गरेको गोलभेँडा बेच्न २ घण्टा पैदल हिँड्छन् । बारीमा उत्पादन भएको गोलभेँडा बजारसम्म पुर्‍याउन किसान पिठ्यूँमा भारी बोकेर २ घण्टा हिँड्ने गरेका छन् ।

खार्पुनाथ गाउँपालिका-४ का बासिन्दा जोइजाली शाही दुई घण्टा पैदल हिँडेर सदरमुकाम सिमकोट पुगेर गोलभेँडा बिक्री गर्छन् । उनी भन्छिन् ‘प्रतिकेजी २५०रुपैयाँमा १० केजी गोलभेँडा बिक्री भयो ।’

उनी मात्र होइन, गाउँका अन्य ५ जनाले शुक्रबार बिहानै घरबाट गोलभेँडा लगायतका तरकारी बोकेर सिमकोट हिँडेका छन् । बर्खे मौसममा स्थानीय उत्पादनले नै बजारको माग धान्दै आएको किसान बताउँछन् ।

गाउँबाट गोलभेँडा आउन थालेपछि अहिले सिमकोटमा नेपालगञ्जबाट आउन छोडेको व्यवसायीको भनाइ छ ।

हवाई मार्गबाट आउनेभन्दा जिल्लाकै ग्रामीण भेगमा उत्पादन भएको गोलभेँडा र तरकारी सस्तो पनि पर्ने गरेको व्यवसायी बताउँछन् ।आजको गोरखापत्र दैनिकबाट

प्रकाशित मिति : २०७७ असार २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस