३१असार,काठमाडौँ । आज देशभर आँशिक देखि सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मनसुन सक्रिय रहेकाले नदी तटीय क्षेत्रयमा डुबान हुन सक्ने, अब्यबस्थित बसोबास भएका तराई क्षेत्रमा डुबान हुने तथा पहाडी भूभागमा पहिरो जान सक्ने भन्दै विभागले सतर्क रहन आग्रह गरेको छ।