
३१ असार, रोल्पा । सबैले छर्लङ्ग देख्ने र गाउँ देखी शहर जोड्ने एकमात्र विकासको कार्य मोटर बाटो निर्माण कार्य हो । मोटर बाटो निर्माणको काम सबैले नजिकै बाट नियाल्न सक्ने भएकोले देखिने गरी विकासका नाममा सबैले सडक निर्माणलाइ पहिलो प्राथमिक्तामा राखेको पाइन्छ ।
१० वर्षे शशस्त्र द्वन्द्वको प्रत्यक्ष मारमा परेको रोल्पा जिल्लाका सबै गाउँ बस्तिमा मोटर बाटो पुग्ला भन्ने कसैले कल्पना पनि गरेका थिएनन् ।
१० वर्षे शशस्त्र द्वन्द्व र ६२÷६३ को १९ दिने जनआन्दोलन लगायतका उतावचडावका बीच नेपालमा भएको शान्ति स्थापना र द्रुत गतिमा सुरु भएको सडक निर्माणले भिरपाखा छिचोल्दै रोल्पाका प्रायः गाउँ बस्तिमा पुगिसकेको छ, भने कहि कतै सडक निर्माणको काम अझै जारी छन् ।
सडक सञ्जालको फाइदा दुर्गमलार्इ सुगमसँग जोडेर गास, बास, कपास र स्वास्थ्य शिक्षामा सहज पहँच पु¥याउनु साथै यात्रामा सहजता ल्याउनु हो । तर मोटरबाटो निर्माणका नाममा डोजर लगाएर भत्काइएका पुलपुलेसा, पुरिएका खेतबारी र वन जङ्गल विनासका कारण धेरै गाउँबस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । वर्खा सुरुभएसँगै विभिन्न जिल्लामा बाढी पहिरोका कारण धेरै जनधनको क्षेति भैरहेको दुखद कुरा हामी सबैले सुने कै छौँ ।
रोल्पामा पनि ठाउँ ठाउँमा खोलिएका सडक निर्माणका कारण धेरै गाउँ बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । तर स्थानीय सरकारले जलउत्पन्न प्रकोप तथा जोखिम न्यूनिकरणका लागि पूर्व तयारीका साथ जोखिममा रहेका स्थानीलार्इ पूर्व सूचना सहित सजक गराएको देखिदैन । यसो हेर्दा मुसाले प्वाल खोले जस्तै झ्याङ झ्याङ भएको सडक निर्माणको काम केहि जनहितका लागि भएपनि प्रायः ठूलावडाको पायक पर्ने ठाउँ र उनिहरुकै स्वार्थपुर्तिका लागि हुने गरेको देखिन्छ ।
रोल्पा जिल्ला माडी गाउँपालिका वडानम्वर १ भिताबाङमा केहि वर्ष पहिले सडक निर्माण कै कारणले बाढी पहिरो आउदा लघु जलविधुत बगायो र लाखौँको क्षेति भयो । गत वर्ष पनि घर्तिगाउँ धनुबोट पिपलडाँडा सडक खण्डमा पहिरोले २ घर १ गोठ पूर्णरुपमा क्षति भयो भने बाँकि २ घरमा सामान्य क्षेती भयो ।
यस वर्ष पनि धेरै घर गोठहरु पहिरोको उच्च जोखिममा रहेका छन् । स्थानीयहरुका अनुसार गाउँमा मोटर बाटो आएको झन्डै ४ वर्ष भयो । गाउँमा मोटर बाटो आउँदा धेरै क्षेति बेहोरेका स्थानीयले बाटोबाट अहिले सम्म गाडी यात्रा गर्न पाएका छैनन् । स्थानीय खडकबहादुर पुनमगर भने, “पोहोर वर्खा आएको पहिरोले घरको बार्दलि र ढोका भत्केको छ । वर्खा लाग्ने वितिकै घरमाथीबाट पहिरो झर्न सुरु हुन्छ । अरु जाने ठाउँपनि कहि छैन । पानी पर्दा निद लाग्दैन रातभर जागाराम बस्नुपर्छ” ।
मोटरबाटो निर्माणले गर्दा गाउँमा कतै बाढि र कतै पहिरोको उच्च जोखिम भएपनि यस विषयमा सरोकारवाला कसैको ध्यान नगएको अर्का स्थानिय दलबहादुर पुनमगरको भनाइ छ । उनका अनुसार गाउँगाउँमा खोलिएका सडक सञ्जालले खोलाका गिट्ठी बालुवा उत्खनन् गर्न वन जङ्गलका जडिवुटी र काठ दाउरा विक्रि तथा ओसारपसार गर्न केहि नेता र ठेकेदारहरुलार्इ सहज भएको होला तर स्थानीय जनतालाइ भने बाढी पहिरोको त्रासले दिनरात चिन्ता बढी रहेको छ ।
रोल्पाका भिरपाखा र खहरे खोला छिचोल्दै निर्माण गरिएका सडकले धेरै क्षेत्ति पुगेपनि केहि सहज होला भन्ने स्थानीयको झिनो आशा भने मरेको छैन । सडक निर्माण गरिसकेपछि त्यसले निम्त्याउने क्षति न्युनिकरणका लागि स्थानिय सरकार र सम्बन्धित सरोकारवाला निकायको ध्यान पुग्नुपर्छ । वर्खा लाग्दा थप्प हुने सडकले जनतालाइ सुख भन्दा धेरै दुख दिने हुँदा नयाँ सडक खोल्नु भन्दा पहिले भएका सडकलाइ स्तरउन्नति गरी नियमित यातायात सुचारु गर्न जरुरी छ । साथै सडक निर्माणले भएको क्षति र हुन सक्ने खतरा बारे बेलैमा सम्वन्धीत निकायको ध्यान जान जरुरी छ ।