रूसमा कोरोना संक्रमितको संख्या ७ लाख ५२ हजार नाघ्यो

२साउन, काठमाडौं । रूसमा कोरोना भाइरस संक्रमितको संख्या ७ लाख ५२ हजार नाघेको छ ।
एकै दिन ६ हजार ४२८ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ७ लाख ५२ हजार ७९७ पुगेको छ ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १६७ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ११ हजार ९३७ पुगेको हो ।

प्रकाशित मिति : २०७७ साउन २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस